कोरोना र बुबाको माया❤
म लगभग् ४ महिना अगाडिदेखि मणिपाल आर्थोपेडिक वार्ड मा आफ्नो ड्यूटी गर्दै आएकि थिए। गत हप्ता जलवायु परिवर्तनको कारणले होकि मलाई घाँटी दुखेको थियो। हाम्रो वार्डमा धेरै जसो RTA र हाडजोर्नीको बिरामी हुन्छन् त्यही भएर मलाई घाँटी दुखेपनी कोरोना होला भन्ने लागेको थिएन। सामान्य घाँटी मात्रै दुखेको होलानि भनेर मैले तातोपानी खाने र नुनपानीले कुल्ला गरेको थिए।

केही दिन अगाडी मलाई ICUमा काम गर्न पठाएको थियो जहाॅ दुई जना कोरोनाका बिरामी रहेछन्। त्यही भएर मेलै PCR गराए। आइतबार गरेको PCR बेलुका रिपेर्ट पोजिटिभ आयो। सोमबार बिहान देखिनै मलाई पेट दुख्ने र छाती दुख्ने भयो। दुई दिन सम्म त लगातार दुखेको थियो। स्वरभने हल्का सुकेको नै थियो।मेलै घरेलु उपचार: दूध मा मह र कोदोले हल्का ठिक भएजस्तै भयो। अहिले स्वाद गंध छैन, शरीर भने एकदमै दुखिरहन्छ।
मेरो रिपोर्ट पोजेटिभ भनेर थाहा हुने बितिक्कै मेरो घर मा, मेरी आमा र बुबा रूनु भएको थियो। बुबाको प्यारी छोरी म, मेरो बुबालाई कोरोनाको पनी डर थिएन। छोरी एक्लै छुट्टै बस्दा आतिन्छ कि भनेर कोरोनाको वास्ता नगरी संगै बस्छु भन्ने मेरो बुबा कति साहसी ।आमाबुबालाई छाराछोरीको माया कति धेरै लाग्दो रहेछ।
नर्सको कर्तब्य गर्दागर्दै लागेको कोरोनासंग लड्दै छु। कोरोनाकै बिरामी हेरेको भएर होला मेरो आत्मबल भने उच्च छ।बिरामीहरू धेरै कोरोनासंग लडेर घर फर्केको देखेको भएर म पनी चाॅडै निको हुन्छु भन्ने आशा छ।
उर्मीला श्रेष्ठ,RN,BSN
Thank you bhasima ♥️♥️